नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास साउनदेखि असोजसम्म टेलिकमले कुल ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको हो ।
गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख...