राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो ।यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र साधारण पुनरकर्जामा २७ वित्तीय संस्थाहरूबाट ७६ ऋणीहरुलाई ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत गरेको बैंकले जनाएको छ । प्रदेश अन्तर्गत यस्तो कर्जा सबैभन्दा बढी