स्वयम्भूमा ४० गुम्बाका लामा गुरुहरूलाई तालिम

३० साउन, काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले दुई दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सुरु गरेको छ । काठमाडौंको स्वयम्भूमा सोमबारदेखि सुरु भएको उक्त तालिममा ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् । तालिममा गुम्बाको आन्तरिक व्यवस्थापन, पञ्चशील पालनालगायतका विषयमा प्रशिक्षण भइरहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर […]

सम्बन्धित सामग्री

परम्परागत पोसाक बुन्ने तालिम

लामा समुदायका महिलालाई परम्परागत पोसाक बुन्ने तालिम प्रदान गरिएको छ । उक्त पोसाक बुन्ने सिपको संरक्षण गर्न र महिलाको आम्दानी बढाउन यो तालिम प्रदान गरिएको हो । तालिम पाउनुभएकी सिमकोट गाउँपालिका–३ की निमा लामाले निकै मेहनत लाग्ने र मूल्य पनि महँगो पर्ने लामा समुदायले लगाउने र ओढ्ने पोसाक बुनाई तालिम पाएको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताले यो पोसाक बुन्न र लगाउन नछोडोस् भन्नका लागि यसको संरक्षण गर्न आवश्यक रहेको निष्कर्ष निकालेर पन्ध्र दिने पुनर्ताजकीय तालिम प्रदान गरिएको बताउनुभयो ।

क्याप्टेन लामाको अनुभव सुनेपछि एयर होस्टेज बन्न चाहाने किशोरीहरू उत्साहित

काठमाण्डौं । क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् । शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले  सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए । करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए ।उनले सुनाउँदै “जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्ने बताए । कार्यक्रममा कोरीयोग्राफर रोजिन शाक्यद्धारा व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीका चीफ इन्टक्टर निता थापाको पनि सहभागिता रहेको थियो । करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट एकेटेमीका सन्चालन रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गर्नु भएको थियो ।  नेपाल एयर होस्टेज एकेडेमी विगत १० वर्ष देखि काठमाडौंमा रहेर उत्कृष्ट तालिम दिइ रहेको छ भने सयौंका सख्यामा युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कंपनीमा रोजगारी प्रदान गरि सकेको छ । दश जोड दुइ अध्ययनरत युवा तथा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीको लागि आवेदन दिन सक्नेछन । कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण  सिकाइ भएको बताएका छन्।  सेमिनारले युथहरुलाई नेपालमै अवसरहरुको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।

थिमिमा चेस

रूपेश जैसवालले राष्ट्रियस्तरको बी डिभिजन बुद्धिचाल प्रतियोगिताको चौथो राउन्डपश्चात् अग्रता लिएका छन् । स्थानीय कृषि विकास बैंक तालिम केन्द्र बोडेमा भइरहेको प्रतियोगितामा राजन पुरी ३.५ अंकसाथ दोस्रो र सुरवीर लामा, सजिन महर्जन, केशव श्रेष्ठ, प्रकाश नेपाल, आशिष फुयाल संयुक्त रूपमा ३ अंकसाथ तेस्रो स्थानमा छन् ।

थिमिमा चेस

रूपेश जैसवालले राष्ट्रियस्तरको बी डिभिजन बुद्धिचाल प्रतियोगिताको चौथो राउन्डपश्चात् अग्रता लिएका छन् । स्थानीय कृषि विकास बैंक तालिम केन्द्र बोडेमा भइरहेको प्रतियोगितामा राजन पुरी ३.५ अंकसाथ दोस्रो र सुरवीर लामा, सजिन महर्जन, केशव श्रेष्ठ, प्रकाश नेपाल, आशिष फुयाल संयुक्त रूपमा ३ अंकसाथ तेस्रो स्थानमा छन् ।

निर्मल लामा बहुप्राविधिक शिक्षालयको थप नयाँ भवन बन्दै

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ  । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा सञ्चालन हुँदै आएको शिक्षालयमा अब थप दुई अत्याधुनिक भवन बन्ने भएको छ । यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)बाट सम्बन्धनप्राप्त शिक्षालय हो ।दक्षिण कोरिया सरकारको कोइका इन्टरनेशनलले दुई नयाँ भवन र शैक्षिक उपकरणसहितलाई रु एक अरब पाँच करोड रकम सहयोग गरेको छ । नयाँ भवनको पूर्वप्रधानमन्त्री पुष्पकम

महिला उद्यमी संघ चितवन अध्यक्षमा शर्मा

चितवन (अस) । महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा राजकुमारी शर्मा चयन भएकी छन् । संघको छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् । संघले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा श्वेता उपाध्याय, द्वितीय उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, तृतीय उपाध्यक्षमा आरती प्रधान चयन भएका छन् । यस्तै, सचिवमा सरस्वती सिग्देल र कोषाध्यक्षमा तारा रसाइली चयन भएका छन् । सदस्यमा तीर्थना उप्रेती, बिना तिवारी, डा. पूजा कोइराला, नितु गुरुङ र सल्लाहकारमा कल्पना राजभण्डारी चयन भएका हुन्  ।  नवनिर्वाचित अध्यक्ष शर्माले विगतका बाँकी रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो कार्यकालमा  महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, चेतनामुलक कार्यक्रमलाई अगाडि बढाई उद्यममा आकर्षण गर्ने योजना ल्याइने उनले जानकारी दिइन् ।

समृद्धि सहकारीको साधारण सभा सम्पन्न, १० % बोनस शेयर दिने प्रस्ताव पारित

पुस १७, काठमाडौं । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार ललितपुरको इमाडोल ब्यांक्वेटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।  सभामा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष नबिन कुमार न्यौपानेले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उनले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’ वडा अध्यक्ष न्यौपानेले भने, ‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ ।’  राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।  सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/ ७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए ।  संस्थाको शेयर पूँजी १ करोड ४२ हजार रुपैयाँ रहेको छ । सहकारीले दिगो विकासका लागि जगेडा कोषतर्फ १५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।  संस्थाले २०७८ असार मसान्तसम्ममा २ करोड ९३ लाख ६९ हजार रुपैयाँ निक्षेप  संकलन गरेको छ । संस्थाको आम्दानीतर्फ अघिल्लो आव २०७६/ ७७ को भन्दा केही कम हुन गई ४५ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।  चालू आवमा भने ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष खड्ग बहादुर तामाङ्ले बताए । संस्थाको बचत परिचालन भने अघिल्लो आवको भन्दा ३९ प्रतिशतले वृद्धि भएको छ । गत अवामा ५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालू आवमा भने बढाएर ११ लाख ६९ हजार पुर्‍याउने लक्ष्य लिएको कोषाध्यक्ष तामाङ्ले बताए । संस्थाको जम्मा आम्दानी ७२ लाख ३४ हजार रुपैयाँ र खर्च ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।  संस्थाले यस वर्ष ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यसलाई चालू आवमा बढाएर ९ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको सभामा जानकारी दिइयो ।  सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव राम कुमार लामाले बताए ।  संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासँग आवद्ध गराइने पनि सभामा जानकारी दिइयो । यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने संस्थाले बताएको छ ।

शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम […]

टेन्डी शेर्पाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, कर्मचारी, खेलाडीलगायतले स्व. लामाको तस्बिरमा पुष्पगुच्छा

भवन नै नभएका शिक्षालय नमुना घोषित : निर्देशक भन्छन्, हामीलाई दबाब आएको छैन

काठमाडौं : सरकारले पढाउने विषय यकिन नभएका र आफ्नो स्वामित्वमा नभएका र भवन नै नभएका तीन प्राविधिक शिक्षालयलाई  सरकारले नमुना घोषणा गरेको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय, महोत्तरीको बर्दिबास खयरमारामा रहेको निर्मल लामा प्राविधिक शिक्षालय नमुना घो...