समृद्धि सहकारीको साधारण सभा सम्पन्न, १० % बोनस शेयर दिने प्रस्ताव पारित

पुस १७, काठमाडौं । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार ललितपुरको इमाडोल ब्यांक्वेटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।  सभामा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष नबिन कुमार न्यौपानेले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उनले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’ वडा अध्यक्ष न्यौपानेले भने, ‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ ।’  राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।  सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/ ७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए ।  संस्थाको शेयर पूँजी १ करोड ४२ हजार रुपैयाँ रहेको छ । सहकारीले दिगो विकासका लागि जगेडा कोषतर्फ १५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।  संस्थाले २०७८ असार मसान्तसम्ममा २ करोड ९३ लाख ६९ हजार रुपैयाँ निक्षेप  संकलन गरेको छ । संस्थाको आम्दानीतर्फ अघिल्लो आव २०७६/ ७७ को भन्दा केही कम हुन गई ४५ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।  चालू आवमा भने ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष खड्ग बहादुर तामाङ्ले बताए । संस्थाको बचत परिचालन भने अघिल्लो आवको भन्दा ३९ प्रतिशतले वृद्धि भएको छ । गत अवामा ५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालू आवमा भने बढाएर ११ लाख ६९ हजार पुर्‍याउने लक्ष्य लिएको कोषाध्यक्ष तामाङ्ले बताए । संस्थाको जम्मा आम्दानी ७२ लाख ३४ हजार रुपैयाँ र खर्च ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।  संस्थाले यस वर्ष ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यसलाई चालू आवमा बढाएर ९ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको सभामा जानकारी दिइयो ।  सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव राम कुमार लामाले बताए ।  संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासँग आवद्ध गराइने पनि सभामा जानकारी दिइयो । यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने संस्थाले बताएको छ ।

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै

काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तको साधारण सभा आइतबार हुँदै, बोनस कति ?

काठमाडौं, २५ चैत । आइतवार आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

नेपाल टेलिकमको साधारण सभा चैत्र २४ गते

काठमाडौं,८ चैत्र । नेपाल टेलिकमको आगामी चैत २४ गते बिहीबार साधारण सभा हुने भएको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने […]

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस शेयर दिने

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रवार (पौष ३० गते ) सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । साथै सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन   &nbs...

सिभिल बैंकले बोलायो साधारण सभा

काठामाडौं, १० पुस । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर […]

सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. […]

ङादी ग्रुपले बोलायो आठौं साधारण सभा

काठमाडौं, १ भदौ । ङादी ग्रुप पावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा असोज ३ गते क्वीन्स क्याफे, अनामनगर, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर वितरण कर […]

आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद […]

नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर दिने भएको छ ।  बुधवार वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हो । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ हुनेछ ।  अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्नसाधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्...