२० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिइने, आवेदन आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डले विभिन्न विषयमा २० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आवेदन पेस गर्न भनिएको छ । सोमबार सूचना प्रकाशित गर्दै बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । “सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा गएकाहरुका सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरूपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक …

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज  कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।  कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २ दशमलव ४ जिपिए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका, […]

क्यान महांसघले आईटी पढ्न ४९ लाई विद्यार्थीलाई छात्रवृत्ति दिने, आवेदन आह्वान

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आएको छ। यो छात्रबृति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुइृ दशकभन्दा बढि समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज - लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको क्यानले जनाएको छ । क्यानका अनुसार ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।  यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिने र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिने क्यानले जनाएको छ ।  क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (BSc. IT) को अध्ययन गर्न पाउनेछन् ।नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।क्यानका अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको क्यानले जनाएको छ ।यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले बताए । यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताए ।

सीटीईभीटीले छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।  यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका...

छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।  छात्रवृत्ति शाखा केशरमहलले फरेष्ट्री कलेजमा सञ्चालित एमएसी इन नेपाल नेचुरल रिसोर्सेस म्यानेजमेन्ट एन्ड रुलर डेभलेपमेन्ट विषयको छात्रवृत्तिमा आवेदन दिन आवेदन मागेको हो ।

कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द

काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् । आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ । छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया […]

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो […]

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर, १५ असार: टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो । छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४० विद्यार्थीललाई […]