प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर, १५ असार: टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो । छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४० विद्यार्थीललाई […]

सम्बन्धित सामग्री

सदस्यसचिवमा आठ जनाको प्रतिस्पर्धा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदकमध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उहाँहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ । सदस्यसचिवको छोटो सूची (सर्ट लिस्टिङ) मा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य पर्नुभएको छ ।

क्यान महांसघले आईटी पढ्न ४९ लाई विद्यार्थीलाई छात्रवृत्ति दिने, आवेदन आह्वान

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आएको छ। यो छात्रबृति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुइृ दशकभन्दा बढि समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज - लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको क्यानले जनाएको छ । क्यानका अनुसार ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।  यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिने र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिने क्यानले जनाएको छ ।  क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (BSc. IT) को अध्ययन गर्न पाउनेछन् ।नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।क्यानका अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको क्यानले जनाएको छ ।यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले बताए । यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताए ।

सीटीईभीटीले छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।  यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका...

सीटीईभीटीले माग्यो कर्मचारी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचाी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो ।  इच्छुक योग्यता पुगेका...

सीटीईभीटीद्वारा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो । परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म २०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले […]

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

काठमान्डाैं / प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ । प्रतिविद्यालय २५ लाख... The post प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला appeared first on Purbeli News.