दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार २७ वर्षीय ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।