असार ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्ट मेण्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्विटी फण्डले जेठ महीनाको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय अुनसार दुबै योजनाको एनएभी (प्रतिइकाई खुद सम्पत्तिको मूल्य) मा वृद्धि भएको छ । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को बैशाख मसान्तमा एनएभी रू. १७ दशमलव शून्य ८ रहेकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १८ दशमलव २९ पुगेको हो ।
त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको एनएभी वैशाख मसान्तमा रू. १६ दशमलव ७५ रहेकोमा जेठ मसान्तमा रू. १७ दशमलव ९० पुगेको हो । एनएभी बढेसँगै ती दुबै योजनाको नाफामा पनि वृद्धि भएको छ ।
सिद्धार्थ इक्विटी फण्डले वैशाख मसान्तसम्ममा रू. ९६ करोड ९० लाख८५ हजार नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १ अर्ब १४करोड २८ लाख पुगेको हो । उक्त योजनाले जेठ मसान्त सम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य रू. १ अर्ब ७० करोड ४७ लाख ९८ हजार रहेकोमा यसको बजार मूल्य रू.२ अर्ब ४३ करोड ४६ लाख ५५ हजार पुगेको हो ।
त्यसैगरी सिद्धार्थ इन्भेष्मटेण्ट ग्रोथ स्किम २ ले वैशाख मसान्तसम्ममा रू. ७८ करोड नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. ९२ करोड ५१ लाख ५३ हजार पुगेको हो । उक्त योजनाले जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य रू. १ अर्ब २८ करोड ४ लाख १४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ८९ करोड ३६ लाख ५३ हजार पुगेको छ ।
ती दुबै योजनाले जेठ महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा लगायत एनएभीमा वृद्धि भएको हो ।