वैदिक विधिको स्वरूप र विशेषता

वैदिक वाङ्मयमा विद्याका सबैजसो विधा पाइन्छन्। वैदिक धर्म सर्वाङ्गीण जीवनपद्धतिसमेत भएकाले यस धर्ममा व्यक्ति, समाज र राष्ट्रका निम्ति आवश्यक पर्ने सबैजसो विषय उपलब्ध छन्। राष्ट्रसञ्चालनका निम्ति आवश्यक पर्ने विधि अर्थात् ऐनकानुनको विषय पनि संस्कृत वाङ्मयमा पाइन्छ। प्रस्तुत लेखमा यसै विषयबारे चर्चा गरिएकाे छ। वैदिक (हिन्दू) विधि विधि भनेको अहिलेका भाषामा ऐनकानुन हो। किन्तु वैदिक (हिन्दू) […]

सम्बन्धित सामग्री

नेपालको समृद्धि भ्रम कि सम्भव ?

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निवृत्त कमलराज ढुंगेलको ‘इज नेप्लिज प्रस्पेरिटी ए डिलुजन’ नामक कृति प्रकाशनमा आएको छ । आर्थिक अभियान दैनिक तथा न्यू बिजनेश एज म्यागजिनका स्तम्भकार समेत रहेका ढुंगेलले नेपालको अर्थतन्त्रका विविध पक्षको चर्चा गर्दै त्यसको वस्तुस्थितिको विश्लेषण गरेका छन् ।  चार खण्डमा विभाजित यस पुस्तकमा आर्थिक वृद्धि र असमानताको चर्चा गरिएको छ । त्यस्तै नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतहरू विप्रेषण, विदेशी सहयोग र पर्यटनका बारेमा लेखकले विश्लेषण गरेका छन् । लेखकका अनुसार नेपालको अर्थतन्त्र मुख्यतया ६ ओटा विशेषता छन् । ती हुन्– राजनीतिक गतिरोध, द्वन्द्व, कुशासन, जलविद्युत्को विकास, भूपरिवेष्ठितता र विदेशी सहयोग । यिनको सही निकास तथा उपयोगविना आर्थिक वृद्धि हासिल गर्न र असमानता न्यूनीकरण गर्न नसकिने ढुंगेलको निष्कर्ष रहेको छ । जलस्रोत, त्यसको उपयोग, भारत–नेपालबीच भएको ऊर्जा सम्झौता र जलविद्युत्को विकासमा वैदेशिक लगानीका अवरोधबारे चर्चा गर्दै लेखकले बिजुलीको स्वदेशी खपतको आवश्यकता उल्लेख गरेका छन् । नेपालको आर्थिक समृद्धिको बाधक राजनीतिक अवरोध नै भएको लेखकको निष्कर्ष रहेको छ । उनका अनुसार सरकारको ‘रेन्टसीकिङ’ प्रवृत्ति, भ्रष्टाचार, गरीबीका कारण समृद्धिको आकांक्षा पूरा गर्न कठिन भएको हो । ३–४ प्रतिशतको सुस्त आर्थिक वृद्धिले समृद्धिको यात्रा अलमलिएको छ भने आर्थिक असमानता पनि बढ्दो छ । नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको र वैदेशिक सहायता तथा ऋणको परिचालन पनि सही परियोजनाका लागि नभएकाले समृद्धिको यात्रामा अवरोध रहेको लेखकको ठम्याइ छ । तर, जलविद्युत्, कृषि, पर्यटन र सेवा क्षेत्र नेपालको समृद्धिको आधार भएकोमा उनी विश्वस्त छन् । सरकारको विश्वसनीयता, संस्थाहरू स्वनिर्णयमा चल्न सक्ने अवस्था आदिबाटै समृद्धि सम्भव छ भन्ने तथ्य पुस्तकमा प्रस्तुत गरिएको छ । डिमाई साइजमा ३०० भन्दा बढी पृष्ठ रहेको यस पुस्तकको वितरणको जिम्मा रत्नपुस्तक भण्डारले लिएको छ । अन्तरराष्ट्रिय जर्नलका सम्पादक समेत रहेका ढुंगेलले नेपालको ऊर्जा खपतको प्रवृत्ति विषयमा विद्यावारिधि गरेका हुन् । आर्थिक तथ्यांकहरूसहित अर्थतन्त्रका विविध पक्षबारे विश्लेषण गरिएको अंग्रेजी भाषाको यो पुस्तक नेपाली अर्थतन्त्रको स्वरूप, वर्तमान र भावी दिशाबारे जानकारी राख्न उपयोगी हुने देखिन्छ ।

गिग अर्थव्यवस्था : स्वरूप र सम्भावना

कोभिड–१९ पछि विश्वभर विकसित भएझैँ नेपालमा पनि फस्टाएको एउटा व्यवसाय खाद्य पदार्थको गृह–ढुवानी सेवा हो । घरघरमा गृहिणीहरूले खाद्य परिकार बनाएर कार्यालयहरूमा आपूर्ति गर्ने गरी समेत आंशिक रूपमा रोजगारीको व्यवस्था गरेका थिए ।  ठीक त्यसै गरी आफू खाली रहेको समयमा वा आफ्नो सवारी हुने मार्गमा यदि कुनै व्यक्तिलाई आवश्यक भएमा सवारीसाधन उपलब्ध गराउने गरी कतिपयले सवारीसाधन साझेदारी (राइड शेयरिङ) सेवा पनि प्रारम्भ गरे र आफ्नो आम्दानीको अतिरिक्त स्रोतको जोहो गरे । अहिलेको चलनचल्तीको ‘पठाओ’, ‘इन ड्राइभर’ आदि यसैका विस्तारित रूप हुन् । त्यसै गरी आफ्नो घरमा उब्रेर बसेका कोठाहरू केही दिनका लागि भाडामा दिने गरी अहिले कतिपयले ‘एयर बीएन्डबी’ मोडेलमा ‘होम स्टे’ समेत सञ्चालन गरेर अतिरिक्त आर्जनको माध्यम बनाएका छन् ।  अहिले विशेष गरी आईटी क्षेत्रका व्यक्तिहरू आंशिक रूपमा आफ्नो समय र दक्षताअनुरूप स्वदेशी एवं विदेशी सफ्टवेयरसम्बन्धी कम्पनीहरूमा निश्चित अवधि तथा निश्चित परियोजनाका लागि पनि सेवा प्रदान गरिरहेका छन् । त्यसै गरी घरघरमा गएर ट्युशन पढाउनेदेखि लिएर स्वतन्त्र रूपमा परामर्श सेवा प्रदान गर्ने व्यक्तिहरू पनि बग्रेल्ती भेटिन्छन् ।  के हो गिग अर्थव्यवस्था ? आंशिक रूपमा कुनै परियोजना तथा समय विशेषमा निश्चित पारिश्रमिक लिने गरी नेपालमा मात्र होइन, विश्वभरि नै मानिसहरू विभिन्न काममा यसरी आबद्ध भएका छन् र यस्ता कामलाई ‘गिग काम’ भन्ने गरिएको छ र यस्तै गिग कामले व्याप्त हुने आर्थिक अवस्थालाई ‘गिग अर्थव्यवस्था’ भनेर बुझ्न सकिन्छ । अर्को शब्दमा भन्ने हो भने ‘गिग अर्थव्यवस्था’ भनेको वास्तवमा एक प्रकारको स्वतन्त्र बजार व्यवस्था हो जहाँ व्यावसायिक प्रतिष्ठानहरूले दक्ष श्रम–शक्तिलाई कुनै निश्चित अवधि र परियोजनाका लागि मात्र रोजगारी प्रदान गर्ने गर्छन् ।  कुनै गिग–जनशक्तिले आफूले वहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्को व्यक्तिमा निर्भर हुन नपर्ने र आफ्नो काम आफूले चाहेको तरीकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ । वास्तवमा कुनै कलाकारलाई केही समयको अभिनयका लागि अथवा कुनै गीतकारलाई कुनै गीत लेखाउन वा कुनै संगीतज्ञलाई संगीत सृजना गराउन निर्धारित पारिश्रमिक दिने गरी निश्चित समयका लागि अनुबन्ध गरिन्छ भने त्यसलाई कलाकारिताको क्षेत्रमा ‘गिग’ भनिन्छ । पछि कालान्तरमा यस्तो प्रचलन कलाकारिताका अतिरिक्त अन्य पेशा/व्यवसायमा समेत विस्तारित भयो । पछि जुनसुकै क्षेत्रमा भए पनि यस्तो आंशिक रूपमा सेवा खरीद गर्ने चलनलाई ‘गिग अर्थव्यवस्था’को रूपमा बुझिन थाल्यो । ‘गिग काम’ र ‘गिग अर्थव्यवस्था’ मा आबद्ध हुने जनशक्तिलाई चाहिँ ‘गिग–जनशक्ति’ भनेर परिभाषित गर्ने गरिएको छ । अहिले विश्वमा करीब ६ करोड व्यक्ति गिग–जनशक्तिका रूपमा रहेको अनुमान छ ।    फाइदा र बेफाइदाको लेखाजोखा  गिग अर्थव्यवस्थाका फाइदा र बेफाइदाका दुवै पक्ष छन् । ‘काममा लचकता’ गिग अर्थव्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण फाइदाजनक विशेषता हो । आफ्नो अनुकूलतामा आफूले चाहेको माध्यमबाट आफूले निर्धारण गरेको पारिश्रमिकमा सेवा दिन सकिने भएकाले गिग–जनशक्तिको दृष्टिकोणमा यस्तो व्यवस्थाको ‘लचकता’ वरदान नै सावित हुनसक्छ । धेरैजसो अवस्थामा गिग–जनशक्तिले कार्यालयमा नगई आफ्नै घरबाट समेत यस्ता सेवा दिनसक्ने सहुलियत पाउँछन् । त्यसैले ‘गिग व्यवस्था’ले कार्य–जीवन सन्तुलन कायम गर्न पनि उनीहरूलाई भरपुर मद्दत गर्ने कुरामा सन्देह छैन ।  गिग व्यवस्थाको अर्को महत्त्वपूर्ण फाइदा भनेको आत्म–स्वतन्त्रता पनि हो । कुनै गिग–जनशक्तिले आफूले वहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्को व्यक्तिमा निर्भर हुनु नपर्ने र आफ्नो काम आफूले चाहेको तरीकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ । गिग–जनशक्ति माथि उल्लेख भएझैँ आफ्नो समय र दक्षताअनुरूप संलग्न हुने भएकाले सेवा लिने कम्पनीहरूप्रति उनीहरूको प्रतिबद्धता सीमित मात्र हुने गर्छ, जसले गर्दा त्यस्ता जनशक्ति कुनै कम्पनीप्रति असन्तुष्ट भएमा तुरुन्तै त्यसबाट अलग्ग रहन स्वतन्त्र हुन्छन् । आफ्नो अनुकूलतामा आफ्नो इच्छाअनुरूप संलग्न हुन पाइने भएकोले गिग–जनशक्तिहरू कुनै एकै प्रकारको कामको कारण विरक्तिनु पर्ने अवस्थाको सृजना हुँदैन ।  यति भए तापनि गिग व्यवस्थामा गिग–जनशक्तिहरूका लागि सबै कुरा फाइदाजनक मात्र छन् भन्न सकिँदैन । आखिर जतिसुकै मेहनत गरे पनि यस्तो जनशक्तिको आम्दानी काम गरेको बेलामा मात्र प्राप्त हुने भएकाले स्थायी प्रकृतिका जनशक्तिहरूले जस्तो दीर्घकालीन प्रकृतिका सुविधाहरू उनीहरूले प्राप्त गर्दैनन् । विशेष गरी उमेर ढल्केपछि र सेवा प्रदान गर्न असमर्थ भएको अवस्थामा उनीहरूलाई व्यावसायिक हेरविचार गर्ने कुनै निकाय/व्यक्ति हुँदैनन् । फेरि सेवापछिको अवकाशकीय सुविधाबाट पनि उनीहरू वञ्चित रहन्छन् । त्यसैले यस्तो अर्थव्यवस्थाको लाभ ‘पाखुरीमा दम’ रहुन्जेलसम्म मात्र उपभोग गर्न सकिन्छ । फेरि कार्यालय जाने/आउने, साथीभाइहरूसँग सुख–दु:ख आदानप्रदान गर्ने, कर्पोरेट गतिविधिहरूमा सामेल हुने जस्ता ‘व्यावसायिक सामाजिकता’ बाट पनि वञ्चित हुने हुनाले गर्दा यस्ता जनशक्तिहरूलाई एक प्रकारको दिक्दारी’ र एक्लोपनको आभास हुने प्रबल सम्भावना रहन्छ । भविष्यको सुरक्षाप्रति पनि ढुक्क हुन नसक्ने, सधैं राम्रोको खोजीमा दौडिरहनु पर्ने, कामको प्रकृति र पारिश्रमिकमा हुने परिवर्तनका लागि हमेशा तयार रहनुपर्नेजस्ता विविध कारणले ‘गिग–जनशक्ति’ प्राय: तनावमा रहने प्रबल सम्भावना पनि रहन्छ । गिग अर्थव्यवस्थामा जसरी गिग–जनशक्तिलाई फाइदा र बेफाइदा हुन्छ त्यसैगरी व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूका लागि पनि यसका आफ्नै फाइदा र बेफाइदा रहेका छन् । खास गरी स्थायी प्रकृतिका जनशक्तिलाई समाहित गर्नु नपर्ने र अवकाश कोष, सामाजिक सुरक्षा कोष, सञ्चय कोषजस्ता कामदारको लागि व्यवस्था हुने कोषहरूमा कुनै योगदान गर्नु नपर्ने भएकाले कम्पनीहरूले दीर्घकालीन दायित्व वहन गर्नु पर्दैन । यसलाई व्यावसायिक प्रतिष्ठानहरूको दृष्टिकोणमा गिग अर्थव्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण फाइदाका रूपमा लिन सकिन्छ ।  त्यसै गरी यस्तो परिपाटीमा आफूलाई आवश्यक पर्ने जनशक्ति बजारमा यथेष्ट मात्रामा उपलब्ध हुने हुनाले कम्पनीहरूले तुलनात्मक लाभ हानी विश्लेषण गरी उनीहरूबाट उचित पारिश्रमिकमा उल्लेख्य सेवा प्राप्त गर्न पनि सक्छन् ।  त्यति भए पनि कम्पनीहरूको लागि समेत गिग व्यवस्था कुनै न कुनै रूपमा हानिकारक भने छ नै । विशेष गरी स्थायी प्रकृतिका कर्मचारीहरू संलग्न नहुने भएपछि कम्पनीप्रति बफादार जनशक्तिको सर्वथा अभाव हुन्छ । आफ्नो काम सकिएपछि र त्यसबापतको पारिश्रमिक प्राप्त गरिसकेपछि कम्पनीप्रति गिग जनशक्तिको कुनै जिम्मेवारी र जवाफदेहिता नहुने भएकाले कम्पनीहरू जनशक्तिप्रति पूर्ण विश्वासका साथ ‘निर्भर’ हुन सक्दैनन् । भरपर्दा कर्मचारीको सधैं अभाव हुनु नै व्यावसायिक प्रतिष्ठानको दृष्टिमा गिग अर्थव्यवस्थाको सबैभन्दा नकारात्मक पक्ष हो भन्न सकिन्छ ।  अहिले नेपालमा पनि गिग अर्थव्यवस्थाका पक्षमा आवाजहरू उठ्न थालेको सन्दर्भमा व्यक्ति र समग्र राष्ट्रका लागि यसका दीर्घकालीन लाभहानिका बारेमा भने यथेष्ट मात्रामा छलफल र विश्लेषण हुनु आवश्यक देखिन्छ । लेखक बैंकर हुन् ।

मेन्स ग्रुमिङ : टिपटप देखिन दाह्रीका थरीथरीका स्टाइल

दाह्रीलाई आकर्षक बनाएर टिपटप देखिन कहिले ढिलो हुँदैन । यो मेन्स ग्रुमिङमा छुटाउन नहुने कुरा हो । दिनहुँ बढिरहने दाह्री र जुँगालाई ट्रिम र थोरै स्टाइल दिन सकियो भने अनुहारको स्वरूप नै बेग्लै हुन्छ । दाह्रीको विशेषता नै यस्तो छ कि कसैलाई डिजाइन दिएको दाह्री सुहाउँछ भने कसैलाई सफाचट पार्दा पनि राम्रो देखिन्छ । त्यसो […]

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा, यी हुन् विशेषता ?

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । उक्त भन्यू सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित ‘कन्याक्ट्ङि एलईडी तइल ल्याम्प’ले भेन्यूलाई नयाँ स्वरूप दिएको कम्पनीको दाबी छ । त्यस्तै अघिल्लो भागमा रहेको ‘पारामेट्रिक फ्रन्ट डार्क क्रोमी ग्रील’, नयाँ बम्पर र ‘स्किड प्लिेट’ डिजाइनले यो गाडीलाई […]

कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता

कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उनका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन्। ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मिठो सौन्दर्य–संवाद गर्दै सलल बग्छन्। त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ। यस किसिमको खुबी मुल्मीको प्र...

कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता

कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उनका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन्। ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मिठो सौन्दर्य–संवाद गर्दै सलल बग्छन्। त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ। यस किसिमको खुबी मुल्मीको प्र...

देख्नेहरू भन्छन् : ‘यो पनि सरकारी स्कुल हो र ?’

काठमाण्डौ – झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरी स्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि  राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साँखुमा रहेको भगवती माध्यमिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन्– ‘सरकारी स्कुलको भवन पनि कत...

कूर्ममहापुराणको नेपाली अनुवादमा के छ ?

कूर्ममहापुराणको नेपाली अनुवाद प्रकाशमा आएको छ । यसलाई डा. बद्रीप्रसाद पोखरेलले अनुवाद गरेका हुन् । तोयनारायण पन्थद्वारा प्रकाशित यस पुस्तकको बिक्री वितरणको काम उद्धवकुमार घिमिरे, विश्व स्वतन्त्र सञ्चार काठमाडौंबाट हुँदै आएको छ । यद्यपि अनुवाद अध्यायगत सारांश भएकाले यसैबाट पुराणको समग्र रहस्य बोध गर्न सकिन्छ, सकिन्न यसै भन्न सकिन्न । समग्र जानकारीका लागि मूलग्रन्थकै अध्ययन आवश्यक हुन पुग्यो भने त्यो पनि अस्वाभाविक होइन । तथापि पुराणको स्वरूप, विशेषता र विषयवस्तुको बोध गर्ने कार्यमा भने मनग्यै सहयोग पुग्न सक्ने देखिन्छ ।  ...

प्रतिनिधि सभा विघटनका आधार

प्रधानमन्त्रीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन भएपछि अहिले यो कार्य संवैधानिक कि असंवैधानिक भन्नेहरूमा जनमत विभाजित भएको छ । यसबारे अदालतमा बहस जारी छ । नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणाली सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । संविधानको धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको उल्लेख छ । धारा ७४ मा नेपालको शासकीय स्वरूप संसदीय शासन प्रणाली हुने र धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानुनबमोजिम मन्त्रिपरिषद्मा रहने व्यवस्था गरिएको छ । यो संसदीय शासन प्रणालीको प्रमुख विशेषता हो । संसदीय शासन प्रणाली सर्वोत्तम प्रणाली होइन तर अहिलेसम्म यसभन्दा राम्रो शासन प्रणाली प्रयोगमा नआएकोले विश्वका अधिकांश देशले यसैलाई अँगालेका छन् । तर परिस्थितिअनुसार प्रत्येक देशमा केही विभिन्नता पनि छ ।

स्थानीय तहमा तमाशा भइरहेको छ, नत्थी नलगाए असफल हुन सक्छ :: Pahilopost.com

माधव नेपाल- वास्तावमा हामीले चाहेको नेपालको विशेषतामध्ये एउटा विशेषता छ, हामीले लोकतन्त्रको एउटा नमुना स्वरूप निर्माणमा ध्यान दिएका छैनौँ। उहिलेदेखि भन्ने गरेको हामीले पनि चर्चा गर्ने गरेको-ग्रास रुट डेमोक्रेसी। तल्लो तहका जनताको सहभागिता भएको लोकतन्त्र। त्यो भन्दाखेरी गर्दा तल्लो तहले मात्र पुगेन। इन्क्लुसिभनेसका कुराहरू हुनुपर्छ। इन्क्लुसिभ डेमोक्रेसी, विभिन्न पक्षलाई