कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उनका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन्। ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मिठो सौन्दर्य–संवाद गर्दै सलल बग्छन्। त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ। यस किसिमको खुबी मुल्मीको प्र...