कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले करिब २ अर्ब ८० करोड रुपैयाँ (२३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग दिने भएको छ । बैंकले कोरोना कालमा रोजगारी गुमाएकाहरुका लागि अल्पकालिन रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त रकम उपलब्ध गराउने भएको हो । बिहीबार राजधानीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले रकम उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले २३ मिलियन अर्थात् २ अर्ब ८० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गर