बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका

बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गत मंसीरमा भारतबाट फर्केका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गत मंसिरमा भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको अशंका गरिएको उनले बताए । …

सम्बन्धित सामग्री

लापर्बाहीले समुदायमा संक्रमण

सर्लाहीमा सुरक्षा र सावधानी नअपनाउँदा समुदायमा कोरोना संक्रमण फैलिएको छ । लक्षण भएका बिरामीको पीसीआर परीक्षण गर्दा ८६ प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको हो ।

लमजुङमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना पुष्टि

लमजुङ । लमजुङमा फ्रन्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित १८ जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । त्योसँगै समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या एक सय ६१ पुगेको छ । शुक्रबार एक जना सञ्चारकर्मी स्वास्थ्यकर्मी २ जनासहित १८ जनामा संक्रमण पुष्टि भएसँगै सदरमुकाम रहेको …

एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव

सिन्धुली । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना पुगेको आशंका गरी पठाईएका स्वावबाट रिपोर्ट आउँदा १३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षकी महिला, ३५ र ३६ वर्षका २ जना नेपाली सेना, क्वारेन्टाइनमा रहेका कमलामाईका ४ र तिनपाटन गाउँपालिकाका ३ …

कपिलवस्तुमा थप ३४ जनामा कोरोना, कर्मचारी र शिक्षक पनि संक्रमित

१३ साउन, बुटवल । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि …