भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाको हटस्पट बनेको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको दाहसंस्कारका लागि ठाउँ नभएको समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । तर, त्यही भारतबाट काठमाडौं आउने नागरिकहरुलाई सरकारले खुल्लमखुल्ला समुदायसम्म जान दिइरहेको छ ।समुदायमा कोरोना फैलिएको भारतको नयाँ दिल्ली लगायतका ठाउँबाट पछिल्लो साता त्रिभुवन विमानस्थलमा दैनिक २५० देखि ३ सय यात्रु काठमाडौं आइरहेका छन् ।काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि त्यो संख्यामा कमी आएको बताइएको छ । तर, बुधवार एअर

सम्बन्धित सामग्री

प्रयोगकर्ताको सन्तुष्टिलाई प्राथमिकता दिएका छौं : इन्ड्राइभ

काठमाडौं। राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई कायम राख्न ‘सेफ्टी प्याक’का साथै प्रयोगकर्तालाई लक्षित गरेर विभिन्न सुविधा र चालक तथा यात्रुका लागि आचार संहितासहित सशक्तीकरणमा पहल गर्दै आएको बताएको छ । ‘कम्युनिटी डेभलपमेन्ट प्लेटफर्म’मार्फत यात्रु र चालकलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड सेयरिङ व्यवसाय अगाडि बढाइरहेको इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवा शुरू गरेको थियो । कम्पनीका राइड हेलिङ निर्देशक रोमन एर्मोशिनले कम्पनीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएको बताए । ‘हामीले भेदभावमा शून्य सहनशीलताका नीति लिँदै आएका छौं,’ उनले भने, ‘विस्तार, वृद्धि, ग्राहक सन्तुष्टि तथा सुरक्षामा ध्यान दिएर समुदायमा सकारात्मक प्रभाव छाड्छौं ।’ इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप भएको बताइएको छ । यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी शहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई निरन्तर सेवा दिँदै आएको दाबी गरेको छ ।