काठमाण्डाै - समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने डाक्टरले बताएका छन् ।
नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो ।
यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको भनाइ छ । नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढ्दै गइरहेको छ ...