बेलायतमा पिज्जा संकट, टमाटरको मूल्य चार गुणा बढ्यो

लण्डन : आर्थिक संकटबाट पीडित हुँदा बेलायतमा खानेकुरामा समस्या भएको छ। बेलायतमा सबैभन्दा रुचाइने खाना पिज्जाको अभाव देखिएको छ।बेलायतमा पिज्जा संकट हुनुको कारण टमाटर हो। टमाटरको अभावको कारण धेरै कम्पनीहरूसँग पिज्जाको लागि आवश्यक टमाटर छैन।केही दिनयता टमाटरको मूल्य चार गुणा महँगो भएको छ। टमाटरको मूल्य अहिले पाँच युरोबाट २० युरो पुगेको छ। यसको मतलब यो हो बेलायतमा टमाटर राखेका स्वादिष्ट भोजन बनाउन केही सामग्री मात्र बाँकी छ।बेलायतमा इटालियन शेफहरूको संघका अध्यक्ष एन्जो ओलिभरीले टमाटरको अभाव भएको बताए

सम्बन्धित सामग्री

बेलायतमा पिज्जा संकट, टमाटरको मूल्य चार गुणा बढ्यो

विश्वको कुनै पनि देशले यतिबेला आर्थिक संकटबाट आफूलाई बचाउन सक्ने अवस्था छैन । अहिले बेलायतमा पनि यस्तै भएको छ । पिज्जा बेलायतका मानिसलाई सबैभन्दा मनपर्ने खाना मध्ये एक हो। तर अहिले यसको अभाव देखिएको छ । बेलायतमा पिज्जा संकटको कारण टमाटर हो। वास्तवमा, टमाटरको अभावको कारण, धेरै कम्पनीहरूसँग पिज्जाको लागि आवश्यकता अनुसार टमाटर छैन् । […]

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

काठमाडौं, जेठ ४ । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्‍यो,’ उनले भने । गोलभेँडाको मूल्य अत्यधिक बढेपछि अहिले अधिकांश पसलमा नपाइएको उपभोक्ताको गुनासो छ । बजारमा गोलभेँडाको सबैभन्दा धेरै बढेको छ […]

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

काठमाडौं । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्‍यो,’ उनले भने । गोलभेँडाको मूल्य अत्यधिक बढेपछि अहिले अधिकांश पसलमा नपाइएको उपभोक्ताको गुनासो छ । बजारमा गोलभेँडाको सबैभन्दा धेरै बढेको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ थियो । तर अहिले यो मूल्य बढेर ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीना अवधिमै गोलभेँडाको मूल्य किलोमा करीब चार गुणाले बढेको हो । होलसेलमै यति पर्ने गोलभेँडाको भाउ खुद्रामा अझै बढी पर्दा उपभोक्ता मारमा परेका छन् । नेपालीको भान्सामा नभई नहुने तरकारीमध्येको एक हो गोलभेँडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्ता मर्कामा पर्ने गरेका छन् । सामान्य अवस्थामा काठमाडौं आउने अधिकांश गोलभेँडा अहिले स्थानीय तहको चुनावको माहोलका कारण गाउँघरतिरै खपत भइरहेको छ । यसले आपूर्तिमा समेत चाप परेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भारतबाट गोलभेँडा नआएकाले मूल्य आकाशिएको बताए । स्थानीय चुनावको कारण केही दिन सीमानाका बन्द हुँदा आपूर्ति घटेकाले पनि मूल्य बढेको उनको भनाइ छ । चालू आर्थिक वर्षको ९ महीना अवधिमा कालीमाटी तरकारी बजारमा २६ हजार ८०२ टन सानो खालको गोलभेँडा भित्रिएको श्रेष्ठले जानकारी दिए, जसमध्ये ४ हजार ६६ टन भारतबाट आयात गरिएको र बाँकी स्वदेशमै उत्पादन भएको उनले बताए । काठमाडौंमा अहिले धादिङ, मकवानपुर, काभ्रे र चितवनबाट ठूलो परिमाणमा गोलभेँडा आउने गरेको छ । उनका अनुसार अहिले नेपाली गोलभेँडाभन्दा पनि भारतीय गोलभेँडा आउने समय हो । स्वदेशमै उत्पादन भएको गोलभेँडाले बजारको माग नधान्ने हुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । बाहिरबाट आयात गर्दा विभिन्न कारणले मूल्यमा तलमाथि हुने गरेको छ । भारतबाट आउन थालेपछि गोलभेँडाको फेरि मूल्य घट्ने श्रेष्ठले बताए । भारतबाट सानो गोलभेँडाको तुलनामा ठूला गोलभेँडा बढी भित्रिने गरेको छ । भोजभतेर लगायत प्रयोजनमा सलादका रूपमा उपभोग गरिने भएकाले पनि यो समयमा गोलभेँडाको माग बढी हुन्छ । ९ महीनामा भारतबाट ५ हजार ४०० टन ठूलो गोलभेँडा कालीमाटी बजारमा भित्रिएको छ ।

६ महीनामा निर्धन उत्थान लघुवित्तको नाफा ८.६ गुणा बढ्यो

माघ २८, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ६ गुणा अर्थात् ७६३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड ३९ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ७५९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १९ करोड रहेको छ भने शेयर प्रिमियममा रू. ५ लाख १० हजार, रिटेण्ड अर्निङमा रू. ५१ करोड १९ लाख र जगेडामा रू. १ अर्ब ५९ करोड सञ्चित गरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ६३ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४५ दशमलव शून्य १ पुगेको हो ।  कम्पनीको मूल्य आम्दानी अनुपात २८ दशमलव ९९ गुणा, तरलता अनुपात ७ दशमलव ४८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९६ दशमलव १९ रहेको छ ।

पहिलो त्रैमासमा जानकी फाइनान्सको नाफा २.८ गुणा बढ्यो

कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत अर्थात् २ दशमलव ८ गुणाले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८ दशमलव ६२ पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख चौथो त्रैमासमा जानकी फाइनान्सको नाफा २६ % घट्यो निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा १७% घट्यो जानकी फाइनान्सको लाभांश घोषणा

चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो

साउन २२, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुनलामा गत आवको सोही अवधिमा ३ दशमलव ३४ गुणा अर्थात् २३४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९९ लाख ११ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू ३ करोड ३१ लाख ९८ हजार पुगेको हो ।   गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीले सम्भावित जोखिम  बापतको ब्यवस्थामा कम रकम छुट्याउदा सञ्चालन नाफामा वृद्धि हुन गई नाफा बढ्न टेवा पुगेको देखिन्छ ।  कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९७ लाख ८५ हजार छुट्याएकोमा गत आवमा रू. १७ लाख ४६ हजार छट्याएको हो । चुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको कम्पनीले जगेडामा रू. ५ करोड २० लाख ९४ हजार सञ्चित गरेको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ७६ करोड १५ लाख ५३ हजार सापटि लिएर,रू. १९ करोड ९९ लाख ९३ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब २६ लाख १६ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ३०,मूल्य आम्दानी अनुपात ४८ दशमलव ९१ गुणा,तरलता अनुपात ९ दशमलव २७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ९३ रहेको छ ।

भटमासको तेल निर्यात चार गुणा बढ्यो, मूल्य कति छ ?

नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल

लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

प्याजको मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो

धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा समेत बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मुल्यनै एक सय रुपियाँ प्रति किलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि टमाटर छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडानै छैन” राई गुनासो गर्नुहुन्छ ।