धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा समेत बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मुल्यनै एक सय रुपियाँ प्रति किलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि टमाटर छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडानै छैन” राई गुनासो गर्नुहुन्छ ।