काठमाडौं : नेपालमा अहिले कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिरामीको बढ्दो चापका कारण नेपालभरका निजी तथा सरकारी अस्पतालहरूले थेग्न सकिरहेका छैनन्। मुख्य त यतिखेर गम्भीर संक्रमितलाई अतिआवश्यक अक्सिजन अभाव छ। समयमा अक्सिजन आपूर्ति नहुँदा संक्रमित बिरामी छटपटाइरहेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक जीवलाल भूषालका अनुसार देशभर २७ वटा अक्सिजन उद्योग छन्। तीमध्ये उपत्यकाभित्र ९ वटा छन् भने बाहिर १८ वटा छन्। उनले यी सबै अक्सिजन उद्योग सञ्च