भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौं नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । &nbs