ललितपुर महानगरपालिकाको बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।