ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट […]

सम्बन्धित सामग्री

नेपालले गुमायो पहिलो विकेट, आशिफ ५ रनमै आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो विकेट गुमाएको छ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेक

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियाको जित

एजेन्सी। अष्ट्रेलियाले चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ३ विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको बंगलादेशले ९ विकेट गुमाएर १०४ रन बनायो। १०५ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा सात विकेट गुमाएर पुरा गर्‍यो। पाँच खेलको शृंखला बंगलादेशले जितिसकेको छ। बंगलादेशले अष्ट्रेलियालाई क्रिकेटको कुनै पनि स्वरुपमा हराएको यो पहिलो पटक हो।

जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखला बंगलादेशलाई

एजेन्सी। सौम्य सरकारले ६८ रन बनाएको दिन बंगलादेशले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै २–१ ले जितेको छ। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य बंगलादेशले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशले पूरा गरेको यो दोस्रो ठूलो लक्ष्य हो।

जिम्बाब्वेविरुद्धको ट्वान्टी-२० शृंखला पाकिस्तानलाई

एजेन्सी। मोहम्मद रिजवानको अविजित ९१ तथा हसन अलीको चार विकेटप्रेरित पाकिस्तानले आज तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेलाई २४ रनले पराजित गरेको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखला २-१ ले जितेको छ। हरारे स्पोटर्स क्लबमा पाकिस्तानले तीन विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको जिम्बावेले सात विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर

काठमाडौं। नेपालले आज ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो स्कोर बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले मलेसियाविरूद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको हो। नेपालले यसअघि त्रिवि क्रिकेट मैदानमै भुटानविरूद्ध २३६ रन बनाएको थियो, जुन नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा बनाएको सबभन्दा ठूलो स्कोर हो।

त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला : डेब्यूमा शतकीय साझेदारी

काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन्। कुशल र आसिफले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका हुन्। १३७ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर सकिँदा बिना विकेट क्षति ११४ रन बनाएको छ। कुशल ६० र आसिफ ४२ रन बनाएर क्रिजमा छन्।

त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला : डेब्यूमा कुशलको अर्धशतक

काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। कुशलले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३० बलमा पाँच चौका र चार छक्का हान्दै अर्धशतक बनाएका हुन्। १३७ रनको लक्ष्य पछ्याएको नेपालले आठ ओभर सकिँदा बिना विकेट क्षति ८२ रन बनाएको छ। नेपालका कुशल ५० र आसिफ शेख २४ रन बनाएर क्रिजमा छन्।

दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला पाकिस्तालाई

काठमाडौं। पाकिस्तानले अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध तीन विकेटको रोमाञ्चक विजय हासिल गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–१ ले आफ्नो पक्षमा परेको छ। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो। पाकिस्तानले एक बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दक्षिण अफ्रिकाले दोस्रो खेलमात्र जितेको थियो।