दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला पाकिस्तालाई

काठमाडौं। पाकिस्तानले अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध तीन विकेटको रोमाञ्चक विजय हासिल गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–१ ले आफ्नो पक्षमा परेको छ। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो। पाकिस्तानले एक बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दक्षिण अफ्रिकाले दोस्रो खेलमात्र जितेको थियो।

सम्बन्धित सामग्री

प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेटको उपाधि कास्कीलाई

बागलुङमा सम्पन्न प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ।...

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।...

ट्वान्टी–२० विश्वकप पुरस्कार रकम पुरानै

अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी-२० विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पाउने भएको छ।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

आइतबारदेखि पाँचपोखरी ट्वान्टी–२० क्रिकेट

पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।

ट्वान्टी-२० मा कुशल मल्लको पहिलो अर्धसतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्। मल्लको ट्वान्टी-२० क्रिकेटमा राष्ट्रिय टोलीबाट बनाएको यो पहिलो अर्धसतक प्रहार हो। मल्ल नेपाली राष्ट्रिय टोलीबाट ट्वान्टी-२० मा दोस्रो छिटो अर्धसतक बनाउने ब्याट्सम्यान बनेका छन्। मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन बनाउदै आफ्नो अर्धसतक पुरा गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर

काठमाडौं। नेपालले आज ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो स्कोर बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले मलेसियाविरूद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको हो। नेपालले यसअघि त्रिवि क्रिकेट मैदानमै भुटानविरूद्ध २३६ रन बनाएको थियो, जुन नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा बनाएको सबभन्दा ठूलो स्कोर हो।