भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी–बिहार–बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ।
काठमाडौं । पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु र १०० जना घाइते भएका छन् । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ३० जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ । बिबिसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो […]
भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ ।
आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ ।
दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नु...
काठमाडौँ- पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् । दुर्घटनामा घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई […]
एजेन्सी – स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् । एसईएम क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार बिस्तारै चलिरहेको रेल स्थानीय समय अनुसार बिहान ७ः५० बजे दुर्घटना भएको थियो । एसईएमले ट्वीटरमा भनेको छ, “१५५ […]
तेहरान : पूर्वी इरानमा बुधबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा २१ यात्रुको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन्।समाचार अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। रेल दुर्घटनाको विस्तृत जानकारी अझै उपलब्ध छैन। रेलमा ३५० जना सवार रहेको बताइएको छ, यद्यपि यात्रुको वास्तविक संख्या अझै थाहा हुन सकेको छैन।रिपोर्टका अनुसार ताबास शहर नजिकै राति बिहानै रेलका सातमध्ये चारवटा डिब्बा पटरीबाट खसेका थिए। ताबास राजधानी तेहरानबाट करिब ५५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।
एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो । सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं […]
झापा : भारतको पश्चिम बंगालमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको जलपाइगुढीका डिएम मोमिता गोद्रा वसुल बताए।१२ वटा बोगी लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा
भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। स्थानीय समयअनुसार बिहीबार […]
एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएका हुन् । देशको दक्षिणी क्षेत्