महोत्तरी – बस्ती छेउमै क्रसर उद्योग सञ्चालनमा आउन लागेकाे सुइँकाे पाएपछि महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरका महिलाले उद्घाटन कार्यक्रम बिथोलेका छन् । गाउँकै बीचमा क्रसर उद्योग सञ्चालनमा ल्याउन लागेको खबर थाहा पाएपछि स्थानीय महिलाले मङ्गलवार विरोध जनाएका हुन् ।
स्थानीयले त्यस ठाउँमा क्रसर उद्योग सञ्चालन नगर्न माग गर्दै इलाका प्रशासन कार्यालय बर्दिवासमा ज्ञापनपत्रसमेत बुझाएका हुन । स्थानीय रीता भटराईले स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने किसिमले गाउँमै क्रसर उद्योगको उद्घाटन गर्ने सुरसार गरेपछि आफूहरूले विरोध गरेकाे बताउनु...