वीरेन्द्रनगर नगरपालिका–९ स्थित चारैतिर थारू बस्तीका खेतैखेत भएको घोगरेनीमा क्रसर उद्योग सञ्चालनमा आएपछि वरपरका किसान मर्कामा परेका छन् । राजनीतिक पहुँचका आधारमा खेतकै मध्यभागमा त्रिशक्ति क्रसर उद्योग सञ्चालन भइरहेको छ । स्थानीयले पटकपटक क्रसर उद्योग हटाउन माग गरे पनि व्यवसायीले विभिन्न बहाना बनाएर आनाकानी गरिरहेका छन् ।