लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् । अध्यक्ष ठाकुरका एकलौटी निर्णयका विरुद्ध लोसपाका असन्तुष्ट नेताहरु यही पुस १२ गतेदेखि पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यसपछि अध्यक्ष ठाकुरले असन्तुष्ट पक्षसँग आफ्नो निवासमा बोलाए