वन उपभोक्ता महासंघको आन्दोलन घोषणा

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले समुदायको अधिकार कटौती गर्ने गरी सरकारले तयार पारेको वन नियमावली २०७८ विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।महासंघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी संघीय तथा प्रदेश सरकारले वन ऐन २०७६ विपरीतका व्यवस्थाहरू समावेश गराएर सामुदायिक वन हस्तक्षेप गर्ने गरी समुदायको अधिकार कटौती गर्ने गरी वन नियमावली २०७८ तयारी परिएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।पत्रकार सम्मेलनमा बोल्दै महासंघकी अध्यक्ष भारती पाठकले सरकारले समुदायले प्रयोग ग