दाङ– टीकापुर घटनालाई सेफल्याण्डिङको माग राख्दै थरुहट/थारुवान आन्दोलन पुनः ब्युँताउने तयारी अघि बढाइएको छ। थरुहट/थारुवान आन्दोलनलाई आउँदो मंसिरदेखि सशक्त रुपमा उठाउने तयारी गरिएको हो। जसअन्तर्गत साउनदेखि तराईका जिल्लाहरुमा आन्दोलनको स्वरुप र एजेण्डाबारे जानकारी गराउने काम भइरहेको छ। यसैको सिलसिलामा थरुहट/थारुवान आन्दोलनका अगुवा लक्ष्मण थारु देश दौडाहामा निस्किएका छन्। बुधवार दाङको लमही आइपुगेका उनले टीकापुर घटनामा […]