साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी

जनकपुरधाम : मधेश सरकारले आगामी साउन २९ गतेदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ। बुधवार मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २२ गते नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौँ दिनदेखि सडक आन्दोलन…