काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। मूल्य विहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ।
अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको…