निगमले फेरि ३ रुपैयाँ बढायो डिजेल र पेट्रोलको भाउ

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।

सम्बन्धित सामग्री

डिजेल मिसिएको पेट्रोल वितरण, दोषी कर्मचारी जोगाउन चालकमाथि कारबाहीको परपञ्च

नेपाल आयल निगम लिमिटेडको सुदुरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले गत बिहिबार साँझ घोडाघोडी नगरपालिका–१० मा रहेको मित्र ट्रेडस् पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ। सो घटनामा निगम कर्मचारीको प्रत्यक्ष लापरबाही...

मिसावट गर्ने पेट्रोलपम्पलाई प्रशासनको कारबाही, तर आयल निगमको संरक्षण

डिजेल मिसिएको पेट्रोल बिक्री गर्ने स्याङ्जाको पुतलीबजार नगरपालिका–३, बाडखोलाको नेपाल पेट्रोल्युब सप्लायर्सलाई आयल निगमले कारबाही गर्नुको सट्टा संरक्षण गरेको छ । तर, उपभोक्ताको उजुरीपछि अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भने...

पेट्रोलमा डिजेल मिसाएर बेच्ने पेट्रोल पम्पलाई सवा ८ लाख जरिवाना

७ चैत, पोखरा । डिजेल र पेट्रोल मिसावट गरी बेच्ने स्याङ्जा बाडखोलाको पेट्रोल पम्प सञ्चालक र कर्मचारीलाई ८ लाख २० हजार रुपैयाँ जरिबाना भएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका–३ को नेपाल पेट्रोल्युब प्रालिले बिक्री गरेको पेट्रोलमा मिसावट पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति तिराएको हो । २७ पुसमा ३ बजेपछि पेट्रोल भरेर […]

देशभर डिजेल र पेट्रोल वितरणको लाइफलाइनमै व्यवसायीको हड्ताल

ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपो सुनसान बनेको छ । डिपोमा इन्धन भर्न ट्यांकरहरु नआएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

चुनावी र्‍यालीको दर्जनौं गाडीमा डिजेल मिसिएको पेट्रोल भरिएपछि…

२५ वैशाख, काठमाडौं । ललितपुरको टीकाभैरबमा रहेको ललित पेट्रोल पम्पमा स्थानीय मनोज केसीले शुक्रबार पेट्रोल भरे । पेट्रोल सकिएर मोटरसाइकल नचल्ने अवस्थामा पुगिसकेपछि पम्पमा पुगेका केसीले मोटरसाइकलमा पाँच सय रुपैयाँको तेल हालेर निस्किए । करिब एक सय मिटर पर नपुग्दै उनको मोटसाइकलको पिकअपमा समस्या देखियो । ‘तेल भरेर हिँड्नेबित्तिकै पहिले भन्दा मोटरसाइकलको गति घट्दै गयो’ […]

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।...

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । डिजेल र पेट्रोल दुबैमा ३/ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ ।   ...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, मटीतेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार, डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ भने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ । मूल्य बढेसँगै डिजेल र मटीतेल प्रतिलिटर […]

भारतबाट १० महिनामा करिब एक खर्बको डिजेल र पेट्रोल आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल तथा पेट्रोल आयात गरेको छ। भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख ५१ हजार रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड ५० लाख ७१ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ।

नेपालमा नौ महिनामा भित्रियो ८३ अर्बभन्दा बढीको डिजेल–पेट्रोल

काठमाडौं। २०७७ साउनदेखि चैत महिनासम्म नौ महिनाको अवधिमा नेपालमा भारतबाट ८३ अर्ब १० करोड रुपैयाँको डिजेल र पेट्रोल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा २३ अर्ब ३५ करोड रुपैयाँको पेट्रोल र ५९ अर्ब ७४ करोड रुपैयाँको डिजेल नेपालले भारतबाट खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९६ अर्ब ५७ करोड रुपैयाँको डिजेल–पेट्रोल नेपालले आयात गरेको थियो।