प्रतिलिटर पेट्रोलको मूल्य १५५, डिजेल र मट्टीतेल १३८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज (बुधबार) फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ।अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आज दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी

सम्बन्धित सामग्री

बढ्यो डिजेल, पेट्रोलको मूल्य

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो। नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ।  निगमले भारतबाट पट्रोलियम पदार्थको मूल्य बढेर आएको र निग...

पेट्रोलमा २१ र डिलेलमा २७ रूपैयाँ बढ्यो

काठमाडौं, असार ६ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ […]

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७

पेट्रोलको मूल्य इतिहासकै उच्च

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो ।

पेट्रोलको मूल्य इतिहासकै उच्च

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो ।