भौगोलिक अवस्था, जहाजको नियमित मर्मत सम्भार, जहाज तथा दुर्घटनाको बारेमा जानकार नेतृत्व, मानवीय संवेदनामाथि सधैँ सजग रहने वायुसेवा सञ्चालक आदि भनेर दुर्घटनाका कारणका बारेमा हामीले धेरै बोलिसक्यौँ, भनिसक्यौँ र थाहा पाइसक्यौँ । घटना, दुर्घटना एउटा र अहिले तत्कालैको एउटा मात्रै गल्तीले हुने होइन । यसमा धेरै कुराहरुको सम्मिश्रण हुन्छ । र, मानवीय पक्ष, मानवीय त्रुटि पनि जोडिएको हुनसक्छ । तर, सधैँ त्यस्तो हुुन्छ भन्ने चाहिँ होइन ।
अब यसका बारेमा भन्नुभन्दा पनि यसको न्यूनीकरण र रोकथामतिर लाग्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पह...