काठमाडौँः सरकारले विभिन्न आठ संवैधानिक आयोग गठन प्रक्रियालाई एकै पटक अघि बढाएको छ। संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो।
संवैधानिक परिषद्को सचिवालयले विज्ञ समूहबाट दरखास्त समेत आह्वान गरेको छ। संवैधानिक निकायका अध्यक्ष र सदस्यहरूको रिक्त विवरणसहित परिषद्ले रोष्टर तयार पार्ने प्रयोजनका लागि