हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । मांसपेशी र हाड बलियो बन्न प्रोटिन चाहिन्छ, यसले कपाल र नङ स्वस्थ राख्छ ।
चितवन । दिगो र स्वस्थ कृषिका लागि जैविक विषादीको प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कीटनाशक विषादीको प्रयोगलाई न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन र सचेतना अभिवृद्धि गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । विषादी न्यूनीकरणमा विषादी विक्रेता र प्रयोगकर्ताको मुख्य भूमिका हुने उनीहरूको भनाइ छ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको तेस्रो चरणको परियोजना ‘कृषि, स्वास्थ्य र वातावरण नेपाल’अन्तर्गत शुक्रवार भरतपुरमा आयोजित ‘दिगो कृषिका लागि विषादी न्यूनीकरण ः सरोकारवालाहरुको संलग्नता एवम् पैरवी’ विषयक कार्यक्रममा सहभागीहरूले कीटनाशक विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गरे । विभिन्न चारओटा सत्रमा भएको कार्यक्रममा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानले चितवनका सातओटै पालिकामा यो परियोजना कार्यान्वयन गरिरहेको छ । कृषकलाई आईपीएम खेतीबारे ज्ञान र शीप सिकाउने, उपभोक्ता सशक्तीकरण र कानुन कार्यान्वयनको विषयमा परियोजना केन्द्रित रहेको परियोजना प्रबन्धक सामना शर्माले बताइन् । प्रतिष्ठानले चितवनमा विषादीको प्रयोगबारे सर्भे पनि गरेको छ ।
रत्ननगरकी कृषक दीपा बाँस्तोलाले कीटनाशक विषादीले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने बुझेपछि जैविक एवम् वनस्पति विषादीको प्रयोग गर्दै आएको बताइन् । विषादी विक्रेता प्रेमबहादुर कुँवरले बालबालिका, अशक्त, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई कीटनाशक औषधि बेच्नु हुन्न भन्ने कुरामा विस्तारै सचेतना बढ्दै गएको बताए ।
विषादीको प्रयोग गर्दा अनिवार्यरूपमा चस्मा, पञ्जालगायत पीपीईको प्रयोग गर्नुपर्ने, रातो लेबलको विषादी सकभर प्रयोग नगर्न र प्रयोग गर्नै परे भाँडाको उचित तरिकाले व्यवस्थापन गर्न सिकाउने गरिएको स्वास्थ्य स्वयंसेविका सरस्वती पौडेलले बताइन् ।
माडी नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत टंकप्रसाद बसेलले नेपालमा १६३ प्रकारका ३८ सयभन्दा बढी ब्रान्डका विषादी पाउने गरिएको बताए । ‘किसानलाई विषादी भनेको विष हो, ओखती होइन भन्ने कुरा सिकाउन आवश्यक छ,’ उनले भने, अर्को कुरा विषादीका बारेमा प्राथमिक तहको पाठ्यक्रममै समावेश गर्नुपर्छ ।
कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख झलकनाथ कँडेलले विषादी प्रयोग गर्ने किसानलाई ‘डे’ र ‘डोज’को बारेमा सिकाउनुपर्ने बताए । ‘बालीमा विषादी हालेपछि पर्खने अवधि र कतिको मात्रामा विषादी हाल्ने भन्ने विषयमा किसानलाई सचेतना दिन सके विषादीको प्रयोगमा न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विषादीको प्रयोग र व्यवस्थापनको विषयमा प्रदेश सरकारहरूले कानुन नै बनाउन नसकेको बताए । जीवनाशक विषादीको विक्री, भण्डारण, इजाजत प्रदानजस्ता थुप्रै अधिकार प्रदेश सरकारको भए पनि कानुन बन्न नसकेकोले व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । ‘मानसिक रोग र नसर्ने रोगको मुख्य कारण नै विषादी हो । यो नियन्त्रणका लागि स्थानीय सरकारले पनि नीति, नियम बनाउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका उपप्रमुख प्रा.डा. शरद वन्त, जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी लगायतको सहभागिता थियो । उनीहरूले प्राङ्गारिक कृषि, विषादी न्यूनीकरणमा नीति निर्माताको भूमिका, कानुनी व्यवस्था र संशोधन गर्नुपर्ने प्रावधान लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए । कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बना
कतारले अब छिटै विश्व खेलकुदको ध्यान आफूतर्फ खिच्दै छ । यसै सन्दर्भमा, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र कतारको जनस्वास्थ्य मन्त्रालयले यस वर्षको फुटबल उत्सवलाई ‘विश्वको खेल’ बनाउन, स्वास्थ्य र सुरक्षाको अनुकरणीय...
काठमाडौं : सरकारले रगतको मूल्य बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको हो।स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि नि:शुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नै आवाज उठिरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटक बढाएको रगतको मूल्य प्रतियुनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ। यसअघि प्रत
जनस्वास्थ्य विशेषण डा. अरूणा उप्रेती भन्छिन्: "शरीर भनेको गाडी जस्तै हो। गाडीमा जुन पायो त्यही तेल हाल्नुहुन्न भने शरिमा जे पाए त्यही किन खुवाउनु हुन्छ?" स्वस्थ रहन डा. उप्रेतीका पाँच सुझाव यस्ता छन्।
कतारमा हुने आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा कतार सरकारका प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले संयुक्तरुपमा ‘स्वस्थ विश्वकप २०२२’ को घोषणा गरेका हुन् ।जेनेभामा आयोजित घोषणासभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल स
काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाले आजदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ । मिर्गौला परीक्षणका लागि आजदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ...
The post काठमाण्डौ महानगरले आजदेखि नगरभित्रका स्थानीयवासीकाे मिर्गौला परीक्षण गर्ने appeared first on Purbeli News.