हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । मांसपेशी र हाड बलियो बन्न प्रोटिन चाहिन्छ, यसले कपाल र नङ स्वस्थ राख्छ ।