काठमाडौं : सरकारले रगतको मूल्य बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको हो।स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि नि:शुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नै आवाज उठिरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटक बढाएको रगतको मूल्य प्रतियुनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ। यसअघि प्रत