जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले काँग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा सत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२–१२ थियो । यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरप