दलित युवाको कुटीकुटी हत्या

राजविराज  ।  विवाहमा जन्तीसँगै ल्याइएको डीजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी सप्तरीका एक दलित युवाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–४ पसेराका २५ वर्षीय सन्तलाल पासवानको विराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा गत सोमबार राति जन्ती आएको थियो ।डीजे बाजासहित आएको जन्तीलाई […]

सम्बन्धित सामग्री

'दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक'

सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

३ प्रश्न

एकीकृत समाजवादीको केन्द्रीय परिषद्ले युवाको प्रतिनिधित्व २० प्रतिशत बनाइरहँदा नेतृत्वको उमेर हदचाहिँ किन हटाएको ?  हामीले पार्टीमा युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्छ भनेका थियौँ । तर, ३३ प्रतिशत महिला, दलित, जनजाति, मधेसी सबैको...

उपचार नपाएर पाँच विपन्न युवाको ज्यान गयो, तर विपन्नका नामको बजेट फ्रिज

सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाए । अन्य दर्जनौँ दलित र विपन्न परिवार उपचारको अभावमा छटपटाइरहेका छन् । तर, विपन्न परिवारका लागि आएको बजेट...

उपचार अभावमा ५ दलित युवाकाे मृत्यु भएकाे विषयमा मधेसी आयाेगले अनुगमन गर्ने

काठमाण्डाै – सप्तरीकाे कञ्चनरूप नगरपालिकामा उपचार अभावमा पाँच जना दलित समुदायका व्यक्तिको मृत्यु भएको विषयमा मधेसी आयोगले अनुगमन टोली पठाउने भएको छ । कन्चनरूपमा पछिल्लो दुई हप्तामा उपचार अभावमा अति विपन्न दलित समुदायका पाँच जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले अनुगमन गर्ने भएको हो । आयोगकी उपसचिव सबिता डंगोलले एक प्रेस विज्ञप्ति निकालेर राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरे पनि बर्सेनि हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताउनुभएको छ । आयोगका अध्यक्ष...

जातीय विभेद मानवता विरोधी कार्य हो : कर्णाली प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेसन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सीमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए ।उनले भने, “कर्णाली प्रदेशमा जात व्यवस्था अन्त्यका लागि युवाको सञ्जाल मजबुत बन्नुपर्छ । न्यायपूर्ण, समतामुखी र समावेशी लोकतान्त्रिक पद्धतितर्फ समाजलाई रुपान्तरण

नौमती बाजा संरक्षणमा युवाको सक्रियता

बागलुङ : नौमती बाजाका लागि चर्चित बागलुङका धेरै गाउँमध्ये सिगानाको लामिचौर एक हो। बागलुङमा युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा छ। दलित समुदायको संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्दर्भमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै गएको छ।पाँच वर्षअघि बागलुङको चैते दशैं मेलामा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा अब्ब

कांग्रेसको १४ औं महाधिवेशन : वडा नेतृत्वमा युवा आए तर महिला र दलित शून्य

२२ भदौ, पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचनमा युवाको बाहुल्य उपस्थिति देखिइरहेको छ । दैलेख दुल्लु नगरपालिका-३ मा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेर चर्चा बटुलिन् । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बाट १९ वर्षकै दिपिका भण्डारी क्षेत्रीय प्रतिनिधि बनिन् । मादी गाउँपालिका वडा नम्बर ९ मा २८ वर्षका […]

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गतअसार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेका छन् । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउन बैंकले विनाधितो ५ लाखदेखि ५ करोड रुपैयाँसम्म सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियतपूर्ण कर्जा लिने युवाको संख्या बढेको बताए । उनका अनुसार गत आवमा ७२ हजार युवाले यस्तो कर्जा लिएका छन् । अघिल्लो आव यो संख्या ३२ हजार थियो । युवाले प्रस्तावसहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने उनले बताए । प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न राष्ट्र बैंक तयार रहेको बताए । सरकारले सहुलियत कर्जाका लागि छुट्याएको १३ अर्बको सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउन ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको छ । कार्यविधिअनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको जानकारी प्रवक्त ढकालले दिए । सरकारले तोकिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित कर्जामा २ देखि ५ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ । सरकारले विभिन्न बैंकमार्फत ९ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने हुन्छ । बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम ७ लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, उच्च, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म उपलब्ध गराउँदै आएका छन् । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले व्यावसायिक हुन चाहने युवालाई बैंकले विश्वास गरेर कर्जा प्रवाह गरिरहेको बताए । बैंकले विस्तारै विश्वास गर्न थालेकाले युवाले सहजै कर्जासमेत पाइरहेको उनको भनाइ छ । ‘बैंकले प्रवाह गर्ने कर्जामा सुरक्षणको केही समस्या देखिएको छ,’ उनले भने, ‘बैंकको कर्जामा सुरक्षाको सुनिश्चितता हुनेबित्तिकै मागेजति युवाले कर्जा पाउनेछन् ।’      युवा र बैंकबीच विश्वासको वातावरण निर्माण गरेर कर्जा प्रवाहलाई सहजीकरण गर्नुपर्ने उनले बताए । उनका अनुसार सरकारले यस आर्थिक वर्षमा ५ प्रतिशत ब्याजमा का १३ अर्ब कर्जा प्रवाह गर्न बैंकलाई निर्देशन दिएको छ । उक्त रकम करीब ८० हजार युवाले प्राप्त गर्न सक्ने र यसमा परिषद्ले सहजीकरण गर्ने उनको भनाइ छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनालाई १ खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । तीमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई १ खर्ब ६ अर्ब ९८ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई ५० अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ ।      सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ५०१ ऋणीको ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले संख्यात्मकभन्दा गुणात्मक हिसाबले युवा उद्यमीलाई सरल र सहज किसिमले कर्जा पाउने वातावरण बन्नुपर्नेमा सरोकारवालाको ध्यान जानुपर्ने बताए । शहरका घरजग्गा र कालोपत्र सडकले छोएका घरजग्गालाई मात्र धितो मान्ने चलन अब हट्नुपर्ने भन्दै उनले गाउँका युवा उद्यमीलाई लक्षित गरेर कर्जा लगानी बढाउन आग्रह गरे । कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले बैंकिङ प्रक्रिया र गलत जानकारीका कारण पनि कतिपय कर्जा लगानीमा अप्ठ्यारो परेको बताए । कतिपयले परियोजनाको लागतभन्दा ऋण धेरै माग गरेकाले कर्जा लगानी हुन नसकेको उनको भनाइ छ । रासस

बडवाल टोलमा विपन्न दलित परिवारलाई राहत वितरण

लामो समयदेखि लकडाउन हुँदा खाद्यान्न अभाव भएका कञ्चनपुरको पश्चिमी क्षेत्र दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलका विपन्न दलित परिवारलाई राहत वितरण गरिएको छ । कोरोना रोकथामका लागि सामाजिक भूमिका निर्वाह गर्दै आएका महेन्द्रनगरका युवाको टीमले दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलमा खाद्य समस्या भएका परिवारलाई राहत वितरण गरेको हो । समाजसेवी युवा खगेन्द्र जोशी, करन पाल, रमेश ठगुन्ना, मनोज पाण्डे, मोहन खत्री, प्रेम खत्री, सुनील भण्डारी, प्रकाश थापा, अशोक पाल, सनसेट युवा क्लब दोधारा टीम, प्रकाशबहादुर बुढाथोकी, स...