लामो समयदेखि लकडाउन हुँदा खाद्यान्न अभाव भएका कञ्चनपुरको पश्चिमी क्षेत्र दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलका विपन्न दलित परिवारलाई राहत वितरण गरिएको छ ।
कोरोना रोकथामका लागि सामाजिक भूमिका निर्वाह गर्दै आएका महेन्द्रनगरका युवाको टीमले दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलमा खाद्य समस्या भएका परिवारलाई राहत वितरण गरेको हो ।
समाजसेवी युवा खगेन्द्र जोशी, करन पाल, रमेश ठगुन्ना, मनोज पाण्डे, मोहन खत्री, प्रेम खत्री, सुनील भण्डारी, प्रकाश थापा, अशोक पाल, सनसेट युवा क्लब दोधारा टीम, प्रकाशबहादुर बुढाथोकी, स...