काठमाण्डाै – सप्तरीकाे कञ्चनरूप नगरपालिकामा उपचार अभावमा पाँच जना दलित समुदायका व्यक्तिको मृत्यु भएको विषयमा मधेसी आयोगले अनुगमन टोली पठाउने भएको छ ।
कन्चनरूपमा पछिल्लो दुई हप्तामा उपचार अभावमा अति विपन्न दलित समुदायका पाँच जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले अनुगमन गर्ने भएको हो । आयोगकी उपसचिव सबिता डंगोलले एक प्रेस विज्ञप्ति निकालेर राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरे पनि बर्सेनि हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताउनुभएको छ ।
आयोगका अध्यक्ष...