बहुउदेश्यीय सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं । कुमारी बहुउदेश्यीय सहकारी संस्थाबाट नगद चोरी भएको छ । हिजो (बुधबार) राति उक्त सहकारी संस्थाको कार्यालयबाटै १ लाख नगद चोरी भएको हो । चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित कुमारी बहुउदेश्यीय सहकारी संस्थामा झ्यालको ग्रिल फोडी संस्थाको कार्यालयमा रहेको काठको दराजबाट नगद १ लाख रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिको […]

सम्बन्धित सामग्री

सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं, शंखरापुर नगरपालिका-६ महादेवस्थानस्थित बज्रशिल सहकारी संस्थाको मुल ढोकाको ताल्चा फुटाई नगद करिब २ लाख ५० हजार रूपैयाँ गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्घाखाँचीको एक सहकारीमा चोरी

काठमाडाैं । अर्घाखाँचीको एक सहकारीमा चोरी भएको छ । सन्धिखर्क नगरपालिका– ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्थाको कार्यालबाट गएराति ६ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद चोरी भएको हो । सिसिटिभि क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर चोरी भएको सहकारीका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिनुभयो । ढोका र पैसा राख्ने […]

पाल्पाको सहकारीमा ५ लाख बढी रकम चोरी

पाल्पाको एक सहकारी संस्थामा ५ लाखभन्दा बढीको चोरी भएको प्रहरीले जनाएको छ । बगनासकालि गाउँपालिका–८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख २७ हजार ३७३ रुपैयाँ नगद  चोरी भएको प्रहरीले जनाएको हो । सोमबार राती चोरी भएको र आफूहरुलाई मंगलबार जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  चोरी घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।कार्यालय कोठामा रहेको दराज तोडफोड गरी उक्त रकम चोरी भ

बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी

बझाङ । बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी भएकाे छ । बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार ८ सय ५ नगद चोरी भएको हो। आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ ताेडेर उक्त रकम […]

बालकोटस्थित सहकारीबाट नगद चोरी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । सहकारीको च्यानलगेट फुटाएरभित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट […]

स्याङ्जाको सहकारी र घरमा सात लाखको चोरी

गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारी संस्थाबाट सवा ९ लाख चोरी

१९ पुस, भक्तपुर । सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राति नगद चोरी भएको प्रहरीले जनाएका छ । प्रहरीका अनुसार गणेश मन्दिरनजिकै रहेको उक्त सहकारीबाट ९ लाख २९ हजार ३३१ रुपैयाँ चोरी भएको हो । दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले जनाएको । […]

गोरखामा सहकारी संस्थाबाट ३२ लाख बराबरको चोरी

भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”,  उनले भने, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार

बचत तथा ऋण सहकारीको लकर फोरी ९ लाख चोरी

दाङ। दाङको गढवा गाउँपालिका–४ रामनगरस्थित ओम बचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको छ। अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएको प्रहरीले बताएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कोटेश्वरको सहकारी संस्थाबाट नगद चोरी, लेखा प्रमुख पक्राउ

काठमाडौंको कोटेश्वपर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद चोरी भएको छ । सहकारीबाट १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको हो ।सो प्रकरणमा सोधपुछका लागि प्रहरीले सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।