कोटेश्वरको सहकारी संस्थाबाट नगद चोरी, लेखा प्रमुख पक्राउ

काठमाडौंको कोटेश्वपर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद चोरी भएको छ । सहकारीबाट १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको हो ।सो प्रकरणमा सोधपुछका लागि प्रहरीले सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।