सामान्य प्रेमकथामा केही गीत, फाइट र कमेडी मिसाएर चलचित्र बनाउने परम्परागत शैलीमा थिए फिल्मकर्मी । त्यसैले नेपाली चलचित्रको सुरुवातका दश मिनेटमै दर्शकले सजिलै अनुमान गर्न सक्थे चलचित्रको क्लाइमेक्स ।नेपाली चलचित्रको यो परम्परागत शैलीमाथि निश्चल बस्नेतद्वारा निर्मित २०६९ सालको ‘लुट’ ले गतिलो झापड हिर्कायो । तर, त्यस्ता झापड हिर्काउने खालका चलचित्रहरू त्यहाँदेखि आजसम्म आइपुग्दा कतिवटा बने त ? यसको उत्तर निकै दिक्दारीपूर्ण हुनेछ ।परम्परागत शैली भाँच्दै चलचित्र बनाउने क्रममा निश्चलसँगै दे