काठमाडौं : स्थानीय तहका तीन वटा सस्थाले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने सरकारको तयारीको विरोध जनाएका छन्। सत्तारुढ दलका तीन राजनीतिक दलबाट सार्वजनिक गरिएको संयुक्त सरकारको न्यूनतम् साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ भन्ने उल्लेख छ।उक्त प्रावधानको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले गम्भीर ध्यानाकर्षण गराएको जनाएका हुन्।शनिबार पत्रकार सम्मेलन गर्दै तीन वटा