सत्तारुढ लोकतान्तिक समाजवादी पार्टी (लोसपा) फुटको संघारमा पुगेको छ । पछिल्लो समय पार्टीभित्र फरक मत राख्दै आएका राजेन्द्र महतो बहुराष्ट्रिय राज्य' को एजेण्डा बोकेर मोर्चाको नेतृत्व गर्दै अघि बढेपछि पटक-पटक फुटबाट गुज्रेको यो दल पुन: टुक्रिने स्थितिमा पुगेको हो ।