हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्ने

हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।संचालक समितिले गरेको प्रिमियममा आईपिओ निष्काशन गर्ने निर्णय अनुमोदन गर्न कम्पनीले विशेष साधारणसभा डाकेको छ। कम्पनीले जेठ २७ गते शुक्रबार काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।सभामा २ वटा विशेष प्रस्ताव पेश हुने छ । पहिलो प्रस्ताव सर्बसाधारणको लागि प्रिमियममा आईपिओ निष्काशन गर्ने रहेको छ । त्यस्तै दोस्रो प्रस्तावको रुपमा 'प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने' रहेको छ  ।  कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।  जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ  । यस कम्पनीले केपी ओली सरकारको पालामा लाईसेन्स पाएको हो । हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ। कम्पनीको अध्यक्ष शेखर गोल्छा रहेका छन्  । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दा अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले लाईसेन्स पाएको हो ।

सम्बन्धित सामग्री

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन २४ प्रतिशत आवेदन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २४.२२ प्रतिशत आवेदन परेको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा साँझ ५ बजेसम्म ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कुल ३ लाख ३७ हजार ९६४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् […]

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं, मंसिर २४ । हिमालयन रि-इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ आइतबार बिहान बाँडफाँट गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् […]

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ३४ हजार २०६ जनाले आवेदन दिएका छन् । सोमबार साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएको सिडिएस जनाएको छ । यो माग भन्दा १.५२ गुणा बढी आवेदन हो । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका […]

हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई […]

हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा पुनः गोल्छा

हिमालयन रि–इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष गोल्छालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । गत कात्तिक २६ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट उनी आगामी चार वर्षका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

हिमालयन रि इन्स्योरेन्सद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं, २७ कात्तिक । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायत बिभिन्न प्रस्तावहरु […]

हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति

बिमा समितिले पुनर्बिमा कारोबारका लागि हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । समितिमा प्रस्ताव पेश गरेका ५ कम्पनीबाट हिमालयन छानिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि र […]

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई

काठमाण्डाै – नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय भएको कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाण्डाै रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए । अहिलेसम्म नेपालमा नेपाल पुनर्बीमा कम्पनी म...