३१ भदौ, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो […]