काठमाडौं : भ्रष्टाचार सूचकांकमा नेपाल १०० औं स्थानमा छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२२ को रिपोर्टमा १०० मा ३४ अंकसहित नेपाल भ्रष्टाचार गर्ने मुलुकमा १०० औं स्थानमा छ।यद्यपि सरकारले भ्रष्टाचार नै प्रोत्साहन गर्ने गरी ऐन ल्याउने तयारी गरेको छ। सरकारले भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा पठाएको छ।सोमबार राष्ट्रियसभाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ र अख्तियार दुरूपयोग अनसुन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्त