विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन सुरु गर्दै त्रिभुवन विश्वविद्यालय !

काठमाण्डौ – विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशकाे सूचीमा परेकाे देशमध्ये नेपाल पनि एक हाे । यसै सन्दर्भमा नेपालको जेठो विश्वविद्यालयले विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ ।त्रिविले यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम अन्तर्गत यो विषय अध्यापन गर्न लागेको हो । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सुरु गर्न लागिएको कार्यक्रमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा राखिएको डिन प्रा. डा. कुसुम शाक्यले बताउनुभयो ।बुधवा...