सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड

काठमाडौं । सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको स्नातकोत्तर तहको पहिलो शैक्षिक सत्रका विद्यार्थीलाई स्वागत कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।  विश्वविद्यालयको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा. रमेश पौडेलले सुशासन तथा भ्रष्टाचार निवारणको विषयलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचार विरोधी चेतनाको विकास गर्न यसको आवश्यकता रहेको उनको भनाइ थियो । उनले यो विषयको पढाइ सम्पन्न भएपछि विद्यार्थीले रोजगार बजारमा प्रभावकारी भूमिका पनि खेल्ने बताए ।  कार्यक्रममा विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायकी डीन प्रा. डा. कुशुम शाक्यले संसारभर नै सुशाशनको महत्त्व बढ्दै गएको र यसले समग्र विकास र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरी यस्तो विषय त्रिभुवन विश्वविद्यालयले शुरु गरेको बताइन् ।  कार्यक्रममा प्रशासनको तर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी, समाजका प्रतिनिधि र नयाँ विद्यार्थीहरूको सहभागिता थियो ।  

सम्बन्धित सामग्री

सुशासन तथा भ्रष्टाचार निवारणको विषय पाठ्यक्रममा समेट्नुपर्ने

काठमाडौं । सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको स्नातकोत्तर तहको पहिलो शैक्षिक सत्रका विद्यार्थीलाई स्वागत कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वविद्यालयको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा. रमेश पौडेलले सुशासन तथा भ्रष्टाचार निवारणको विषयलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचारविरुद्ध चेतनाको विकास गर्न यसको आवश्यकता रहेको उनको भनाइ थियो । उनले यो विषयको पढाइ सम्पन्न भएपछि विद्यार्थीले रोजगार बजारमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।  कार्यक्रममा विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायकी डीन प्राडा. कुशुम शाक्यले संसारभर नै सुशाशनको महत्त्व बढ्दै गएको र यसले समग्र विकास र सामाजिक रूपान्तरणमा सहयोग पुग्ने महसूस गरी यस्तो विषय त्रिभुवन विश्वविद्यालयले शुरू गरेको बताइन् ।  कार्यक्रममा प्रशासनको तर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी, समाजका प्रतिनिधि र नयाँ विद्यार्थीहरूको सहभागिता थियो । रासस